स्ववियुमा दाङका ७ क्याम्पसमा तीन वामपन्थी संगठनकाे तालमेल

चेतना अनलाइन

घाेराही, २८ फागुन । यहि चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि दाङ जिल्लामा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र जनमोर्चा निकट अनेरास्ववियु छैठौं विच तालमेल गर्ने सहमति गरेका छन् ।

तीन संगठनले आज बेलुकी विज्ञप्ति निकालेर सहमति अनुरुप तालमेलमा सहभागी हुन क्याम्पसहरूलाई निर्देशन समेत जारी गरेका छन् ।

अनेरास्ववियु दाङका अध्यक्ष गाेविन्द बस्नेत, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा र अखिल छैठौं दाङका सचिव दिनेश रैदासले विज्ञप्ति निकालेर नीति, विधि, विधान र तालमेलको मर्म अनुसार जिल्ला मातहत रहेका सम्पूर्ण कमिटिहरुलाई सहमती अनुसारका कार्यक्रमहरु लागु गर्नहुन हार्दिक अपिल गरेका छन् ।

संगठनको नीति विपरीत कुनै पनि कार्य गरेको खण्डमा संगठनको नीति, विधि र विधान अनुसार कार्बाही गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तीन संगठनले तालमेल गरेका क्याम्पसहरू

१. महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ

२. केन्द्रिय आयुर्वेद क्याम्पस वेलझुण्डी

३. राप्ती ववई क्याम्पस तुल्सीपुर

४. देउखुरी बहुमूखी क्यम्पस लमही

५. जनता क्याम्पस विजौरी

६. केन्द्रिय संस्कृत क्याम्पस बेलझुण्डी

७. ऐरावति आदर्श बहुमुखी क्याम्पस लालमटिया

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *