विव्यस चुनावमा कांग्रेस एमालेको गठबन्धनविरुद्ध माओवादीको एकल प्यानल बिजयी

२६ फागुन, घोराही – दाङको घोराही उपमहानगरपालिका ४ स्थित मावि डाँडागाउँ गोलीको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेकपा माओवादी केन्द्रको एकल प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै माओवादी केन्द्रको एकल प्यानल विजयी भएको हो ।

कूल ४९९ मत खसेकोमा माओवादी केन्द्रका उम्मेदवारहरु सुमन रोका २७७, शम्भु योगी २८८, रचनी चौधरी २७५ र गिता सुनार २७३ मतसहित विजयी हुनुभएको हो । सदस्यहरुको बैठकबाट अध्यक्ष निर्वाचित गर्ने प्रावधान छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *