घाेराही, २० फागुन । प्रेस सेन्टर नेपाल, दाङ शाखाले यही फागुन २७ गते साधारणसभा गर्ने भएकाे छ ।
सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षतामा आज घाेराहीमा बसेकाे उपलब्ध पदाधिकारीहरूकाे बैठकले साधारणसभाकाे मिति तय गरकाे हाे । बैठकले साधारणसभाकाे अवसरमा संगठनका केन्द्रीय संस्थापक एवम् वर्तमान केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मालाई सम्मान गर्ने निर्णय गरेकाे छ ।
साधारणसभा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गरिएकाे छ । अध्यक्ष पाण्डव शर्मा संयाेजक रहेकाे आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएकाे छ । जसकाे सदस्यमा सचिव जनक नेपाली, काेषाध्यक्ष जीवन नेपाली, कार्यालय सदस्य गिरिराज नेपाली र घाेराही नगर अध्यक्ष सन्ताेष डाँगी रहनुभएकाे छ ।
त्यसैगरि सचिव जनक नेपालीकाे संयाेजकत्वमा दीपक बाेहाेरा, गिरिराज नेपाली, सन्ताेष डाँगी र हेमराज परिवर्तन सदस्य रहेकाे कार्यक्रम व्यवस्था उपसमिति गठन गरिएकाे छ ।
उपाध्यक्ष अनिता पाेख्रेलकाे संयाेजकत्वमा राजेश चाैधरी, अस्मिता नेपाली, देवका परियार र सुमन केसी सदस्य रहेकाे अतिथि सत्कार उपसमिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्ष दामोदर बस्नेत ‘राकेश’ काे संयाेजकत्वमा उदय बीसी, भागवत भट्टराई, पुष्पा पाैडेल र शान्तकुमार बुढा सदस्य रहेकाे प्रचारप्रसार उपसमिति गठन गरिएकाे छ ।
त्यसैगरी सह-सचिव दीपक बाेहाेराकाे संयाेजकत्वमा विकाश डाँगी, आलाेक भावुक भुकम्प, राेम थापा, वर्षा मगर, कमल कंवर र उदिराम चाैधरी सदस्य रहेकाे मञ्च व्यवस्थापन उपसमिति गठन गरिएकाे छ ।