दाङका २४ ओटा क्याम्पसमा अखिल (क्रान्तिकारी) दर्ता

चेतना अनलाइन

घाेराही, १९ फागुन । आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अखिल (क्रान्तिकारी) ले दाङका २४ ओटा क्याम्पसमा संगठन दर्ता गरेकाे छ ।

जिल्लाकाे एक मात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस सहित २४ ओटा कलेजमा संगठन दर्ता गरिएकाे अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराले जानकारी दिनुभयाे । ‘दाङका सबै क्याम्पसमा अखिल (क्रान्तिकारी) काे उपस्थित जबर्जस्त रहेकाे छ,’ उहाँले भन्नुभयाे, ‘जिल्लाका सबै क्याम्पसकाे शैक्षिक गुणस्तर सुधारका लागि हामीले विशेष पहल गर्छाैं ।’

महेन्द्र बहुमुखी क्याम्पस दाङमा संगठन दर्ता गर्न पुगेका अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य हिमाल महरा, गाेविन्द मल्ल सहितका विद्यार्थी नेताहरू ।

क्याम्पस सुधारका लागि अखिल (क्रान्तिकारी) सँग स्पष्ट याेजना रहेकाले आम विद्यार्थीहरूले साथ दिने महराले दावी गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *