चेतना अनलाइन
घाेराही, १८ फागुन । नेकपा (माओवादी केन्द्र) दाङका सचिव एवम् पूर्व विद्यार्थी नेता विश्वराज आचार्यले क्याम्पसकाे शैक्षिक गुणस्तर सुधारका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी) काे विजयी अपरिहार्य भएकाे बताउनुभएको छ ।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङले स्थापना गरेकाे स्ववियु केन्द्रित कार्यालयकाे उद्घाटन गर्दै उहाँले विद्यार्थीहरू शैक्षिक मुद्दालाई क्रान्तिकारीले मात्रै सहि ढंगले उठान गर्न सक्ने बताउनुभयाे । हिजाे मुलुकमा परिवर्तन र विद्यार्थीकाे हक अधिकार स्थापना गर्न अग्रणी माेर्चामा रहेकाे अखिल (क्रान्तिकारी) काे काँधमा नयाँ जिम्मेवारी आएकाे समेत उहाँले बताउनुभयाे । “व्यवहारीक, वैज्ञानिक र जीवन उपयाेगी शिक्षाका लागि विद्यार्थी संगठनले नयाँ बहस थालनी गर्नुपर्छ,’ आचार्यले भन्नुभयाे, ‘२१ ओैं शताब्दीकाे समाज सुहाउदाे शिक्षा अहिलेकाे आवश्यकता हाे ।’
आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अग्रगामी तथा परिवर्तनशील विद्यार्थी संगठनले जित्न आवश्यक रहेकाे उहाँको भनाइ छ ।
अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराले आगामी निर्वाचनमा संगठनले देशव्यापी राम्राे नतिजा हासिल गर्ने दावी गर्नुभयाे । उहाँले दाङका क्याम्पसहरूमा अखिल (क्रान्तिकारी) प्रति निकै आकर्षण देखिएकाे बताउनुभयाे ।
संगठनका घाेराही नगर अध्यक्ष हिमाल महराले क्याम्पस सुधारका लागि आफूहरूसँग स्पष्ट दृष्टिकोण भएकाे बताउनुभयाे ।
विद्यार्थी नेता गाेविन्द मल्लले संगठनप्रति विद्यार्थीहरू आशा तथा भराेसा धेरै भएकाे धारणा व्यक्त गर्नुभयाे ।
संगठनका अर्का नेता सुशीला घर्तीले महिला, दलित, जनजाति तथा पछाडि पारिएका वर्ग तथा समुदायका विद्यार्थीहरूकाे साथ अखिल (क्रान्तिकारी) लाई हुने विश्वास व्यक्त गर्नुभयाे ।
