दाङ चेम्वरको प्रेस संयोजकमा पत्रकार भट्टराई चयन

घोराही । ब्यवसायिहरुको साझा संगठन दाङ चेम्वर अफ कमर्शको प्रेस संयोजकमा पत्रकार निशान दाजु भट्टराई चयन भएका छन् ।

चेम्वरको आज घोराहीमा बसेको कार्य समितिको बैठकले जागरण अनलाईनका सम्पादक समेत रहेका भट्टराइलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई लामो समयदेखी पत्रकारीता क्षेत्रमा कृयाशिल रहदै आएका छन् ।

दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विकास अग्रवालको अध्यक्षतामा बसेको पहिलो कार्य समिति बैठकले बैँक ब्याज बृद्धिले ब्यवसायिहरु थला पर्ने अवस्था आउनुका साथैे पसलका सटर भाडा, कर्मचारीको तलव पनि यवसायिलाई समयमै प्रदान गर्न समस्या भइरहेको कुरालाई मध्यनजर गर्दै शनिवार पनि स्वेच्छेकीरुपमा पसल खोल्न दिने निर्णय गरेको छ ।

बैठकले ब्यावसायिक सचेतनासंगै सदस्यता बृद्धीको अभियान चलाउने निर्णय गरेको बैठकपछि महासचिव कृष्णा कार्किद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *