दाङकाे राप्ती गाउँपालिकामा माओवादीकाे बैचारिक-राजनीतिक प्रशिक्षण

चेतना अनलाइन

घाेराही, ९ फागुन । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे बैचारिक-राजनीतिक प्रशिक्षण शुरू भएकाे छ ।

पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे ।

आज बिहान ८ बजेदेखि शुरू भएकाे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कुलप्रसाद केसी, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य इन्द्रजित थारू, केन्द्रीय अनुशासन आयाेगका सदस्य लुमबहादुर कार्की लगायतका नेताहरू सहभागी छन् ।

कार्यक्रम पार्टी पालिका अध्यक्ष नारायण प्रसाद शर्माकाे अध्यक्षतामा भइरहेको छ ।

माओवादीले केन्द्रीय परिपत्र अनुरूप जिल्लाका १० ओटै पालिकामा संगठन सुदृढीकरणका लागि प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरेकाे छ ।

याे अभियानले पार्टीलाई जनस्तरमा थप मजबुत बनाउने जिल्ला इञ्चार्ज आचार्यले बताउनुभयाे । “हामीले प्रशिक्षणका साथै जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उचित पहल गर्ने छाैं,” उहाँले भन्नुभयाे, “हाम्रो नेतृत्व रहेकाे अहिलेकाे सरकारबाट जनजिविकाकाे सवालमा केके काम गर्न सकिन्छ भनेर जनतासँग अन्तर्क्रिया गर्छाैं ।”

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *