सामाजिक सेवामा क्रियाशील संस्था रोटरी क्लब अफ दाङले घोराही, ३ बन्जारी स्थित समुदायलाई कृषि औजार सहयोग गरेको छ ।
दाङ जिल्लाका बिभिन्न क्षेत्रमा बिभिन्न सामाजिक कार्य गर्दै आएको क्लब रोटरी क्लब अफ दाङले बन्जारी स्थित कृषक समूहलाई कृषि औजार सहयोग गरेको हो ।
किसानहरुलाई खेतीपातीमा सहजता प्रदान गर्दै आधुनिकीकरण गर्नका लागि क्लबले एउटा कुवा खनाएर समुदायलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै क्लबले समुदायलाई पावर टेलर, मिनी राइस मिल, ग्रास कटर (घाँस काट्ने औजार) र कर्ण सेलर हस्तान्तरण गरेको छ भने अन्य कृषि औजार समेत हस्तान्तरण गरेको छ ।
करिब ८० घर धुरी रहेको बन्जारीमा समुदायका कृषकहरुलाई जोडेर रोटरी कम्युनिटी क्रप (आर.सी.सी) गठन गरेर सामुहिक कार्य गर्न थालेको क्लबले गरेको सहयोगले समुदायमा सकारात्मक परिवर्तन ल्याउने क्लबको अपेक्षा रहेको छ ।
हेल्पिङ हेण्डस नेपालको आर्थिक सहयोगमा तथा रोटरी क्लब अफ दाङको समन्व्यनमा भएको कार्यक्रम रोटरी क्लब अफ दाङका अध्यक्ष ओबिन्द्र महराको अध्यक्षता तथा हेल्पिङ हेण्डस नेपालको अध्यक्ष लिन्डा जय ज्याक्सनको बिशेष उपस्थितिमा भएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष सनत कुमार श्रेष्ठ, तिर्थ सन्तोषी सदस्य प्रदीप सुवेदी, बसन्त राज अधिकारी, माधब पौडेल लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रम क्लबका रोशन दाहालले गरेका थिए ।