घोराहीमा जारी प्रदर्शनीमा सोमवार राजेश हमाल आउदै

चेतना अनलाइन

घोराही, ८ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नायक राजेश हमाल आउनुहुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखी सुरु भएको प्रदर्शनीमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय कलाकार राजेश हमाल आउनुहुने भएको हो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रस्तुति रहने छ ।
उहाँसँगै कलाकारहरु जानकी तारमी मगर, सुप्रीम मल्ल, आरुषी मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *