माओवादी दाङले शुरू गर्‍यो दुई महिने सांगठनिक सुदृढीकरण अभियान

चेतना अनलाइन

घाेराही, ५ फागुन । माओवादी दाङले दुई महिने दुई महिने वैचारिक, राजनैतिक र सांगठनिक अभियान शुरू गर्ने भएकाे छ ।

दाङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूकाे आज घाेराहीमा बसेकाे बैठकले केन्द्रीय परिपत्र अनुरूप जिल्लामा दुई महिने अभियान प्रभावकारीरूपमा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

पार्टी केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले २ महिने अभियानका अन्तर्गत जनस्तरसम्मका भेटघाट, छलफल, सुझाव र रचनात्मक आलोचनाहरु संकलन गर्ने निर्णय गरेकाे हाे ।

माओवादी केन्द्रले सबै प्रदेश, जिल्ला तथा पालिकालालाई परिपत्र गरेरफपार्टी सदस्यहरुको नवीकरण र सांगठनिककरण गरी जिम्मेवारी ठोस गर्न र पार्टी सदस्यहरुको अभिलेखीकरणलाई चुस्त दुरुस्त बनाई संस्थागत गर्न निर्देश दिएकाे छ ।

माओवादीले सबै पार्टी समितिहरुले एक समिति एक उत्पादनको नीतिलाई योजना बनाई कार्यान्वयन गर्ने, सबै जव.स./मोर्चा संगठनहरुले पनि यही आधारमा अभियानका कार्यक्रमहरु बनाई जनस्तरसम्म जाने व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *