जनयुद्ध दिवसमा दाङका विभिन्न स्थानमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्वलन

२८ औं जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले जिल्लाका तीन स्थानमा दीप प्रज्वलन गरेको छ ।

घोराही, लमही र तुलसीपुरमा दीप प्रज्वलन गरिएको जिल्ला संयोजक गिरबहादुर महराले जानकारी दिनुभयो । घोराहीमा भएको दीप प्रज्वलनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, जिल्ला संयोजक तुलसीराम पुनलगायतले सम्वोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष हिमाल महराको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नगर सचिवालय सदस्य झकेन्द्र परियारले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *