जनयुद्ध दिवसमा अखिल (क्रान्तिकारी) ले दाङमा दीप प्रज्वलन गर्ने

घाेराही, २९ माघ । अखिल (क्रान्तिकारी) दाङले २८ओैं जनयुद्ध दिवसकाे अवसरमा भाेली फागुन १ गते जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गर्ने भएकाे छ ।

जिल्लाका सबै पालिका तथा क्याम्पसहरूमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएकाे क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरबहादुर महराले जानकारी दिनुभयाे । उहाँका अनुसार जनयुद्ध दिवसलाई जिल्लाव्यापी उत्सवकाे रूपमा मनाईने छ ।

साथै बिहान घाेराहीमा नेकपा (माओवादी) केन्द्र दाङले घाेराहीमा आयाेजना गरेकाे रक्तदान कार्यक्रमा विद्यार्थीहरूलाई सक्रियरूपमा सहभागी हुन आग्रह गरिएकाे महराले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *