शालिक ताेडफाेड गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रकाे माग

चेतना अनलाइन

घाेराही, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको (माओवादी केन्द्र) ले घाेराही उपमहानगरपालिका वडा नं १४ झिगाैरा स्थित सहिद पार्कमा रहेकाे सहिदहरूकाे शालिक ताेडफाेड गर्नेहरू माथि कडा कारबाही गर्न माग गरेकाे छ ।

माओवादी केन्द्र घाेराही उपमहानगरपालिका कमिटीका अध्यक्ष रमेश वली “राजन” र सचिव भागिदास चाैधरी “साकार” ले विज्ञप्ति निकालेर सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको शालिक ताेडफाेडकाे घटनाप्रति आफूहरूकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाउनुभएकाे हाे ।

विज्ञप्तिमा घटनाबाट हताेत्साहित नहुन सहिद परिवार र परिवर्तन पक्षधर जनतामा अपिल गर्दै यथाशीघ्र शालिकराम पुनःनिर्माण गरिने उल्लेख गरिएकाे छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *