अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सभ्यता पाठशाला प्रथम

दाङ, ९ पौष । अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सभ्यता पाठशाला प्रथम भएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशले दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागी अन्य बिद्यालयहरुलाई पछि पार्दै सभ्यता पाठशालाले प्रथम स्थान हासिल गरेको हो ।

दाङको घोराही १५ स्थित सभ्यता पाठशालाले प्रथम स्थान हासिल गरि नगद रु १५ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेको हो । प्रतिस्पर्धामा सभ्यता पाठशालाका बिद्यार्थीहरुले सामुहिक कल्चरल नृत्य प्रस्तुत गरेका थिए ।

यस अघि पनि सभ्यता पाठशालाले दाङमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी जनाएर दर्जनौं पुरस्कर जित्न सफल भएको बिद्यालयका प्रिन्सिपल चेतमान घर्तीले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *