राष्ट्रपति रनिङ शिल्डको उपाधी नेपाल पुलिस स्कुललाई

निमुसंगम घर्ती
घोराही, २६ मंसिर । घोराही उपमहानगरपालिका स्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी नेपाल पुलिस स्कुलले जितेको छ । घोराही उपमहानगरपालिका ५ स्थित महेन्द्र माबी धर्नाले आयोजना गरेको प्रतियोगितामा ४० वटा बिद्यालयलाई पछि पार्दै नेपाल पुलिस स्कुलले उपाधी जितेको हो । मंसिर २३ गते देखि सुरु भै २६ गते सोमबार सकिएको प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ४ कास्य गरि १४ पदक जित्दै नेपाल पुलिस स्कुलले उपाधी जितेको हो । गत बर्ष पनि पुलिस स्कुलले नै उपाधी जितेको थियो ।
त्यस अघिको ११ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि नेपाल पुलिस स्कुलले नै जितेको थियो । प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ पदक सहित गोर्खा इन्टरनेश्नल पब्लिक सेकेण्डरी स्कूल दोस्रो भएको छ । त्यसैगरी, ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी १२ पदक सहित प्रतियोगिता आयोजक महेन्द्र माबी धर्ना तेस्रो भएको छ ।
त्यसै गरि ३ स्वर्ण, ४ रजत र १ कास्य गरि ८ पदक सहित माबी रझेना सान्त्वना भएको छ ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ४० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबडी, १००, २००, ४००, ८००, १५००, ३००० मिटरको दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सट्फुट र ज्याब्लिङ थ्रोका खेलहरु भएका थिए ।

महेन्द्र माद्यामिक विद्यालय धर्नाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर केसिको अध्यक्षता एवं घोराही उमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख हुमा डिसि र वडा नम्बर ५ का अध्यक्ष विवेक बुढाथोकीको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख चौधरीले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा खेल प्रतिको आकर्षण बढाउने बताउनुभयो ।
विद्यालयको तल्लो तहबाटै खेल शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिदै उहाँले त्यसका लागि विद्यालयले बाताबरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख डिसिले खेल क्षेत्रमा सबै विद्यालयहरुले लगानी र चासो बढाउन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा पद्मोदय पब्लिक नमूना माबिका प्रधानाध्यापक रामप्रसाद जैसी र जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्ब आचार्यले बिद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलकुदको बिकासमा टेवा पुग्ने बताउनुभयो ।

विद्यार्थीहरुमा खेल प्रतिको रुचि औधी रहेको भन्दै उहाँले त्यसका लागि विद्यालयले बाताबरण बनाउनुपर्ने बताउनुभएको हो । आगामी बर्षको १६ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गोर्खा इन्टरनेशन पब्लिक सेकेन्डरि स्कुलले गर्ने भएको छ । आगामी खेलका लागि माबी धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारिले गोर्खा माबिका प्रधानाध्यापक मानसिह जिएमलाई नेपालको झन्डा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । प्रतियोगितामा विजयी खेलाडी समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै खेलाडीहरुलाई समेत मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको सहजिकरण शिक्षिका सीता दर्लामिले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *