अनेरास्ववियुका नेता डिसीद्वारा जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

चेतना अनलाइन 

घाेराही, १६ मंसिर । अनेरास्ववियुका केन्द्रीय सदस्य इञ्जिनियर विराज डिसीले आफ्नाे जन्मदिनको उपलक्ष्यमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।

३१ ओैं जन्मदिनको उपलक्ष्यमा श्री वातावरणीय प्रावि कराैतिडाँडा दाङका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हाे ।

जन्मदिन र वैवाहिक वर्षगाठकाे अवसरमा ६० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हाे । उहाँले विद्यार्थीहरूलाई कापी, कलम, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभएको हाे ।

डिसीले विगतका वर्षहरूमा पनि जन्मदिनको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ ।

 

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *