अखिल (क्रान्तिकारी) काे राप्ती इन्जिनियर कलेजमा मुल इकाई गठन

चेतना अनलाइन

घाेराही, १५ कार्तिक । अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज दाङको चौथो मुल इकाई सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले लोकेन्द्र डागीँको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा तुलासिहँ धामी, खुसी भण्डारी, केशब बस्नेत, र बिबेक सुनार, सचिबमा रोनिशा खड्का, सहसचिबहरुमा उमेश सुनुवार, जोतेन्द्र यादब, प्राप्ती थापा र कोषाध्यक्षमा तपेन्द्र जिसि रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज इकाई कमिटी अध्यक्ष गोबिन्द मल्लको अध्यक्षता एबम संगठनका केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता तथा संगठनका दाङ जिल्ला संयोजक गिरबहादुर महराको बिशिस्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य डिभाइड शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन रोनिशा खड्काले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *