दाङमा गठबन्धनका जिल्ला समितिले विजयी उम्मेदवारलाई संयुक्तरूपमा सम्मान गर्ने

चेतना अनलाइन

घाेराही, १३ मंसिर । दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी उम्मेदवारहरूलाई गठबन्धन सम्बद्घ दलहरूले स्वागत तथा सम्मान गर्ने भएका छन् ।

यहीँ मंसिर १५ गते गठबन्धन सम्बद्ध दलका जिल्ला कार्यसमितिले संयुक्तरूपमा सम्मान तथा बधाई कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार बिहान ११ गते हाेटल मालाइन संयुक्तरूपमा ओैपचारीक कार्यक्रम गरेर विजयी उम्मेदवारहरूलाई बधाई ज्ञापन गरिने छ ।

दाङका तीन ओटै प्रतिनिधिसभा र ६ ओटा प्रदेशसभामा एमालेका उम्मेदवारहरूलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ मा एमाले महासचिव शंकर पाेख्रेललाई पराजित गर्दै पूर्वमन्त्री एवम् माओवादी केन्द्रकि स्थायी समिति सदस्य रेखा शर्मा विजयी हुनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *