घाेराही – ६ सुन्दर टाेलमा ३१ जना एमाले कार्यकर्ता माओवादी प्रवेश

चेतना अनलाइन

घाेराही, १ मंसिर । घाेराही उपमहानगरपालिका वडा नं ६ सुन्दर टाेलमा ३१ जना एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गत स्थानीय तहकाे निर्वाचनमा माओवादीबाट एमाले प्रवेश गरेकाहरू पुनः आफ्नै घर फर्केका हुन् । पार्टी प्रवेश गर्नेहरूलाई माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एव् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले स्वागत गर्नुभएको थियाे ।

कार्यक्रममा बाेल्दै आचार्यले याे निर्वाचनबाट एमाले देशव्यापीरूपमा निकै कमजाेर बन्ने बताउनुभयो । उहाँले जिल्लाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनले जित हासिल गर्ने बताउनुभयाे । आचार्यले मंसिर ४ गते पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने बताउनुभयाे ।

पार्टी वडा अध्यक्ष खलु पुनकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन घाेराही उपमहानगरपालिका उपाध्यक्ष खिमबहादुर चाैधरी अटलले गर्नुभएको थियाे । कार्यक्रम माओवादी केन्द्र निर्वाचन क्षेत्र संयाेजन समिति सदस्य भिमराज खनाल मिसाइललगायतले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गर्नेहरूकाे नामावली           

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *