घाैरदाैराबासीकाे भनाइ : हामीलाई नाचघर हाेइन खानेपानी दिनुस्

चेतना अनलाइन

घाेराही, २८ कार्तिक । घाेराही उपमहानगरपालिका वडा नं १८ घाैरदाैराका जनताहरूले आफूहरूलाई खानेपानी व्यवस्था गरिदिन माग गरेका छन् ।

मत माग्न घाैरदाैरा पुगेका गठबन्धनका उम्मेदवारहरू समक्ष उनीहरूले त्यस्तो कुरा उठाएका हुन् । उनीहरूले नाचघर आफूलाई कुनै आवश्यकता नभएकाे बताए । ‘हामीले खानेपानीकाे माग गरेका थियाैं तर, निवर्तमान मुख्यमन्त्री शंकर पाेखरेलले नाचघर ल्याउनुभयाे,’ विष्टले भन्नुभयाे, ‘जनताकाे माग एकातिर नेताकाे बजेट अर्काे तर्फ भएकाे छ ।’

घाैरदाैरमा ८२ घरधुरी रहेका छन् । पाइपबाट अल्पकालीन रूपमा पानीको प्रयाेग गरिरहेका छन् । स्थानीय अर्का दीपक नेपालीले घाैरदाैरा स्वास्थ्य किल्निककाे स्तर बृद्घि गर्नुपर्ने बताउनुभयाे । ‘यहाँका जनताकाे समस्या एउटा छ, नेताहरूले अनावश्यक क्षेत्रमा लगानी गर्छन्,’ उहाँले भन्नुभयाे, ‘उपमहानगरपालिका भएर पनि हामी धेरै सुविधाबाट वञ्चित भएका छाैं ।’

सडककाे स्तरबृद्घि गरेर कालाेपत्रे गर्नुपर्ने स्थानीयहरूले बताएका छन् । घाैरदाैराका सबै घरमा विजुली समेत पुग्न सकेकाे छैन । घाैरदाैरा टाेलका अध्यक्ष तेजबहादुर बुढाले विद्यालयकाे भाैतिक पूर्वाधार अस्तब्यस्त भएकाले निकै समस्या परेकाे जानकारी दिनुभयाे ।

दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले घाैरदाैराका जनताका आधारभूत आवश्यकता पूरा गर्दै पर्यटनकाे केन्द्र बनाउनुपर्ने बताउनुभयाे । उहाँले घाैरदाैराबासीलाई सबैभन्दा पहिले खानेपानी, स्वास्थ्य र शिक्षाकाे व्यवस्था गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।

शर्माले घाैरदाैराबासीकाे आर्थिक उन्नतिका लागि हाेमस्टे निर्माण गर्न राज्यले सहयाेग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

दाङ क्षेत्र नं २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले शंकर पाेखरेलकाे अदूरदर्शी साेँचका कारण घाैरदाैराकाे विकास हुन नसकेकाे बताउनुभयाे । उहाँले नाचघरमा नाच्न आउनेहरूले खानेपानी नपाउन सक्ने विकास जनता नचाहिएकाे बताउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *