गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूकाे साथ, निर्वाचन पछि पाँचै वर्ष गठबन्धनको सरकार : महरा

चेतना अनलाइन

घाेराही, २७ कार्तिक । घाेराही क्षेत्रमा रहेका भारती भूतपूर्व सैनिकहररूले दाङ क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् ।

उनीहरूले गठनका उम्मेदवारहरूलाई ओैपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन् । कार्यक्रम बाेल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गते पछि पनि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । उहाँले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले आम जनताले साथ दिने विश्वास गर्नुभयाे ।

‘याे निर्वाचन क्षेत्रमा रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारहरू विजयकाे नजिक हुनुहुन्छ,’ महराले भन्नुभयाे, ‘दाङकाे विकासकाे नेतृत्व पनि गठबन्धनले नै गर्ने छ ।’

महराले प्रतिनिधिसभाका तीन ओटै र प्रदेशसभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार भन्दा निकै अघि भएकाे बताउनुभयाे । उहाँले दाङ निर्वाचन क्षेत्र नं २ मा शंकर पाेख्रेल भन्दा रेखा शर्माकाे माहाेल निकै राम्राे भएकाे जानकारी दिनुभयाे ।

‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेकाे छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएकाे छ,’ महराले भन्नुभयाे, ‘गठबन्धनका दलहरूबीच पनि राम्रो एकता देखिएकाे छ ।’

मंसिर ४ गते पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशकाे समृद्धिकाे नेतृत्व गर्ने धारणा व्यक्त गर्नुभयाे । ‘गत स्थानीय तहकाे निर्वाचनमा याे निर्वाचन क्षेत्रका २७ वटा वडाकाे मत विश्लेषण गर्ने हाे भने गठबन्धन निकै अगाडि छ,’ उहाँले भन्नुभयाे, ‘स्थानीय तहकाे निर्वाचनकाे बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएकाे छ ।’

एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएकाे उल्लेख गर्दै महराले त्याे मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गर्नुभयाे । ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएकाे छ,’ उहाँले भन्नुभयाे, ‘प्रतिगमन बिरूद्घकाे गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ ।’

आफू प्रतिनिधिसभाकाे प्रत्यक्ष तथा समानुपातिककाे कुनै पनि उम्मेदवार नभएकाे उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेकाे बताउनुभयो । ‘मैले लामाे समय संसदीय र राजकीय भुमिका रहेर काम गरेकाे छु,’ उहाँले भन्नुभयाे, ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेकाे हुँ ।’

मुलुककाे समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएकाे धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिनिधिसभा दाङ २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले याे निर्वाचनमा आम मतदाताले संविधान रक्षा र लाेकतन्त्रकाे पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गर्नुभयाे ।

‘अहिले केपी ओली, राजेन्द्र लिङ्गदेल, कमल थापाहरूकाे गठबन्धन पनि निर्माण भएकाे छ,’ शर्माले भन्नुभयाे, ‘काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीकाे अगुवाइमा गणतन्त्र र संविधानकाे रक्षा गर्ने शक्तिहरूकाे गठबन्धन भएकाे छ ।’

समृद्ध र स्थायित्व आम जनताकाे चाहना भएकाले त्याे प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयाे ।

शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ ।

केपी ओली समूहकाे गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएकाे उहाँकाे भनाई छ । “अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएकाे छ,” शर्माले भन्नुभयाे, “केपी गुटले चुनाव जितेकाे खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नाे राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।”

निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठाेकुवा गर्नुभयाे । शर्माले दाङकाे समृद्धिका लागि गठबन्धनसँग स्पष्ट याेजना भएकाे समेत बताउनुभयाे ।

प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले निर्वाचन गठबन्धनको जित निश्चित भएकाे बताउनुभयाे ।

अध्यक्ष भीमबहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन दाङ जिल्ला सचिव पदम केसीले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *