चेतना अनलाइन
घाेराही, २६ कार्तिक । साविक साैडियार गाविसका पूर्व उपाध्यक्ष माणिकलाल चाैधरी सहित ३१ जना एमाले कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
गठबन्धन दलले घाेराही ६ रावतगाउँमा आयाेजना गरेकाे रात्रिकालिन सभामा उनीहरू प्रवेश गरेका हुन् । चाैधरी २०५४ सालमा एमालेबाट तत्कालीन साैडियार गाविसकाे उपाध्यक्षमा निर्वाचित हुनुभएको थियाे ।
उहाँलाई नेकपा माओवादी केन्द्रका स्थानी समिति सदस्य एवम् दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले माला र टीका लगाएर स्वागत गर्नुभएको थियाे ।