चेतना अनलाइन
घाेराही, २४ कार्तिक । अखिल (क्रान्तिकारी) दाङको वार्षिक मुखपत्र हुँकारको पाचौँ अंकको विमोचन गरिएको छ ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक गिरबहादुर महराको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवम् वाम – लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माको प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज निर्मल आचार्य, प्रतिनिधि सभाका समानुपातिक उम्मेदार नारायणी शर्मा, सुशिला चौधरी, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य जंग रोकाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सन्चालन जिल्ला कार्यालय सदस्य रामचन्द्र बुढाले गर्नु भएको थियो ।