सामाजिक काममा लाग्न संगठित हुँदै युवाहरू

चेतना अनलाइन

बंगलाचुली, २१ कार्तिक । यहाँका युवाहरू संगठित भएर सामाजिक कार्यमा प्रेरित भएका छन् । उनीहरूले आफ्नै सक्रियतामा क्लब गठन गरेर समाज सुधारकाे काम समेत शुरू गरेका छन् ।

दाङकाे विकट मानिने बंगलाचुली गाउँपालिका वडा नं ४ का युवाहरूले गहतेरा युवा क्लब गठन गरेर समाजमा हुने विकृति अन्त्यका लागि पहल गरिरहेका छन् ।

यश वर्ष भैलाे खेलेर करीब ७५ हजार रूपैयाँ संकलन भएकाे क्लबकी अध्यक्ष सम्झना डाँगीले जानकारी दिइन् । उनका अनुसार क्लबबाट सांस्कृतिक कार्यक्रमका लागि आवश्यक पर्ने बाजागाजाहरू किनिएकाे जानकारी दिइन् । अब गाउँमा जथाभावी मदिरा सेवन र जुवातमस नियन्त्रण गरिने उनले बताइन् ।

क्लबकी सदस्य नविना डाँगीले क्लब मार्फत व्यक्तित्व विकास तथा नेतृत्व विकासका लागि कार्यक्रम गर्ने लक्ष्य भएकाे जानकारी दिइन् । उनका अनुसार हाल सम्म क्लबमा ४० जना युवा आबद्ध छन् ।

क्लबका अर्का सदस्य हिमाल डाँगीले केही गर्छु भन्न चाहने युवाहरूलाई सरकारले सहयाेग गर्नुपर्ने बताउँछन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *