रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १ स्थित आधारभुत विद्यालय सिमलतारालाई एक थान कम्प्युटर प्रदान गरेको छ।
सामाजिक सेवा प्रति उत्तरदायी रोटरी क्लव अफ दाङले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
विद्यालयमा कम्प्युटर प्राप्त भएपछी उक्त कम्प्युटर विद्यालयको प्रशासनिकलगायतका काममा प्रयोग हुने प्रधानाध्यापक विकास पाण्डेयले बताए ।
उक्त विद्यालयलाई रोटरी क्लवले बिगतका बर्षहरु देखिनै सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि रोटरीको कुनै शैक्षिक कार्यक्रम परे विद्यालयलाई थप सहयोग गरिने कार्यक्रम संयोजक कमल रेग्मीले बताए ।
रोटरी क्लव अफ दाङका अध्यक्ष ओबिन्द्र महराको अध्यक्षतामा भएको कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकै एक अग्नीपिडित विधार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको अध्यक्ष महराले बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *