दाङकाे समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक : महरा

घाेराही, १९ कार्तिक । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङकाे समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएकाे बताउनुभएको छ ।

आज घाेराहीमा भएकाे उद्योगी व्यवसायीहरूकाे भेलालाई संवाेधन गर्दै महराले दाङकाे विकासको आधार कृषि र पर्यटन भएकाे बताउनुभएकाे हाे । उहाँले दाङकाे विकासका लागि जिल्लालाई जाेड्ने सडकहरूकाे स्तराेन्ति गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

राेल्पा-दाङ जाेड्ने सहिद मार्ग, घाेराही-मुर्कुटी-प्युठान सडक, दाङ-सुर्खेत सडक लगाएका रणनीतिक महत्वका सडकहरूकाे गुणस्तर बढाउने महराको भनाइ छ । ‘हामीले कृषि क्षेत्रकाे विकासका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ ।’

पूर्व अर्थमन्त्री समेत रहनुभएका शर्माले संविधानकाे रक्षाका लागि र आर्थिक समृद्धिका लागि गठबन्धन तयार भएकाे बताउनुभयाे । काेराेना महामारीकाे बेला भएकाे लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा असर गरेकाे उहाँको भनाइ छ । ‘उद्योगी, व्यवसायीहरू निकै समस्यामा पर्नुभएकाे छ, तपाईंहरुका लागि विशेष राहतको कार्यक्रम ल्याउन आवश्यक छ,’ महराले भन्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *