संविधान रक्षाका लागि गठबन्धन : नारायणी शर्मा

चेतना अनलाइन

घाेराही, १९ कार्तिक । नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ ले संविधान रक्षाका लागि गठबन्धन निर्माण भएकाे बताउनुभएको छ ।

प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार समेत रहनुभएकी शर्माले केपी ओलीले गरेकाे गठबन्धनका बिरूद्घ गठबन्धन निर्माण भएकाे स्पष्ट पार्नुभएकाे हाे । उहाँले याे निर्वाचनमा आम मतदाताले संविधान रक्षा र लाेकतन्त्रकाे पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गर्नुभयाे ।

‘अहिले केपी ओली, राजेन्द्र लिङ्गदेल, कमल थापाहरूकाे गठबन्धन पनि निर्माण भएकाे छ,’ शर्माले भन्नुभयाे, ‘काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीकाे अगुवाइमा गणतन्त्र र संविधानकाे रक्षा गर्ने शक्तिहरूकाे गठबन्धन भएकाे छ ।’

समृद्ध र स्थायित्व आम जनताकाे चाहना भएकाले त्याे प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयाे ।

शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनुभएको छ ।

केपी ओली समूहकाे गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएकाे उहाँकाे भनाई छ । “अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएकाे छ,” शर्माले भन्नुभयाे, “केपी गुटले चुनाव जितेकाे खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ,आफ्नाे राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन् ।”

निर्वाचनमा एमालेले प्रत्यक्षमा ८/१० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठाेकुवा गर्नुभयाे । शर्माले दाङकाे समृद्धिका लागि गठबन्धनसँग स्पष्ट याेजना भएकाे समेत बताउनुभयाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *