घाेराही, १५ कार्तिक । गठबन्धन सम्बद्घ उम्मेदवारहरूले पछाडि पारिएका गन्दर्वहरूकाे आयस्तर बढाउने कार्यक्रम ल्याउने प्रतबिद्घता व्यक्त गरेका छन् ।
उनीहरूले गन्दर्वहरूकाे जिविका सुधारका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्घता व्यक्त गरेका हुन् । घाेराही उपमहानगरपालिका वडा नं ११ स्थित नयाँ बस्तीमा पुगेर उम्मेदवारहरूले गन्दर्वहरूकाे पहिचान र जीवन सुधारका लागि काम गर्ने बताए ।
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले आफूहरूकाे संघर्षका कारण नै नेपालमा दलित, जनजाति, उत्पीडित वर्ग, समुदायले अधिकार प्राप्त गरेकाे बतउनुभयाे । “हामीले संघर्ष गरेर अधिकार ल्यायाैं, अब जनताकाे जिवनस्तर सुधार गर्न आवश्यक छ,” उहाँले भन्नुभयाे, “जनताले प्राप्त गरेकाे अधिकार रक्षा गर्दै मुलुककाे समृद्धि हासिल गर्न गठबन्धन निर्माण भएकाे हाे ।”
प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्याैपाने “गुन्टु” ले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री भएर पनि शंकर पाेख्रेलले दाङकाे विकासमा कुनै काम गर्न नसकेकाे आराेप लगाउनुभयाे । उहाँले अब युवा र केही गर्छु भन्ने भावना भएका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
स्थानीय विमला गन्धर्वले आफूहरूलाई नमुना बस्तीको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । उहाँले पुल निर्माण नहुँदा आफूहरूले दुःख पाएकाे जानकारी दिनुभयाे ।