चेतना अनलाइन
घाेराही, १३ कार्तिक । घाेराही उपमहानगरपालिका वडा नं १८ पुष्पाञ्जली टाेल विकास संस्थाले युवा व्यवासायी रूद्र शर्मालाई सम्मान गरेकाे छ ।
धिताल पाेल्ट्री सप्लायर्सका सञ्चालक शर्मालाई टाेलकाे विकासमा विशिष्ट याेगदान दिएकाे भन्दै सम्मान गरेकाे हाे । उहाँलाई पूर्वमन्त्री एवम् दाङ निर्वाचन क्षेत्र नं का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रेखा शर्माले दाेसल्ला ओढाएर सम्मान गर्नुभएकाे थियाे ।
त्यसै गरि प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, हिरा पुन, भीमबहादुर ओलीलाई पनि सम्मान गरिएकाे छ । टाेलले आफ्नै टाेलमा भैलाे खेलेर एक लाख १ लाख १९ हजार रूपैयाँ संकलन गरेकाे उपाध्यक्ष पुजा रिजालले जानकारी दिनुभयाे । संकलित रकम टाेलकाे विकासमा लगाइने रिजालले जानकारी दिनुभयाे ।