बस्नेतको निधन प्रति पूर्वमन्त्री शर्मा द्वारा दु:ख ब्यक्त

दाङ । वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष रबि बस्नेतको आज अन्त्यष्टि गरिएको छ ।

गएराति तुलसीपुरमा भएको माेटरसाईकल दुर्घटनामा परि निधन भएका बस्नेतकाे तुलसीपुर -१७ पत्रेखाेलाघाँटमा दाहासंकार गरिएको हाे ।

मृतक बस्नेतको पार्थिव शरिरमा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा , पाेलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज निर्मल आचार्य , पाेलिटब्यूरो सदस्य दामा शर्माले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर श्रञ्द्वाञ्जली ब्यक्त गर्नु भएको थियाे । तुलसीपुर उपमहानगरपालिका -१७ मज्गै निवास २५ बर्षिय बस्नेत वाइसीएल तुलसीपुर नगर उपाध्यक्ष एवम् जिल्ला कमिटी सदस्य समेत रहनु भएको थियाे ।

शर्माले श्रञ्द्वाञ्जली ब्यक्त गर्दै बस्नेतको निधनले सिङ्गो माओबादी केन्द्र र आफुलाई समेत दुखित बनाएको छ भन्नुभयो । दाङको युवा आन्दोलनका अथक योद्धाका रुपका चिनिनु हुने बस्नेत लामो समय देखि माओवादी केन्द्रमा आबद् रहदै आउनु भएको थियो ।

त्यस अबसरमा पुर्व मन्त्री शर्माले नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा बस्नेतले खेलेकाे भुमिका महत्त्वपूर्ण रहेकाे उल्लेख गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *