विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा दर्जनौ युवा प्रवेश

चेतना अनलाइन

घाेराही, ६ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु नेकपा-माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज शर्मा डायमण्ड र दाङ जिल्ला सचिव विश्वराज आचार्यले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो । सुशील लम्सालको नेतृत्वमा उनीहरू प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोलिटब्यूरो सदस्य शर्माले आगामी मंसिर ४ गते हुन थालेको निर्वाचन सामान्य निर्वाचन मात्र नभएर प्रतिगमन र अग्रगमन बिचकाे लडाइँ भएको बताउनुभयाे । उहाँले अहिलेको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितका राजनीतिक दलहरूको अग्रगामी गठबन्धन तथा नेकपा एमाले राप्रपा लगायतका प्रतिगामि दलहरूको गठबन्धन भएको बताउनुभयाे ।

युवा नेता कुशल मगरकाे पहलमा पार्टी प्रवेश गरिएको हाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *