चेतना अनलाइन
घाेराही, ५ कार्तिक । घोराही उपमहानगरपालिका वडानम्बर ४ का युवाहरु सामाजिक काममा प्रेरित भएका छन् ।
स्थानीय युवाहरुले सार्थक युवा कलव गठन गरेर सामाजिक काममा जोडिएका हुन् । उनीहरुले स्थानीय स्तरमा विभिन्न सामाजिक कामहरु गर्न थालेका छन् । समाजमा हुने विकृति विसंगति तथा कुरितिका विरुद्ध संगठित भएर काम गरिरहेको क्लबका युवाहरुले बताएका छन् ।
२०५२ सालमा स्थापना भएको सो क्लबले अहिलेसम्म सयौं सामाजिक कामहरु गरेको छ ।
यसैबीच साे क्लबकाे आयाेजनामा घोराही -४ गोग्ली चोक आसपासमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष श्रीचन श्रेष्ठको अध्यक्षता एबम ४ न वडाका अध्यक्ष मुनाल घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको क्लबका कोषाध्यक्ष इन्द्र गौतमले जानकारी दिनुभएको छ ।
