चेतना अनलाइन
घाेराही, ३० असाेज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र दाङले भाेली साेमवार दाङका पुराना कम्युनिस्ट नेता शिवराज गाैतमकाे स्मृति दिवस मनाउने भएकाे छ ।
भाेली बिहान ११ बजे पत्रकार महासंघ दाङकाे सभाकक्षमा नवाैं शिवराज गाैतम स्मृति दिवस कार्यक्रम आयाेजना गरिएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।
उहाँले कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, उद्याेगी, व्यवसायी एवम् आम नागरिकलाई अनुराेध गर्नुभएकाे छ ।
