अलि र चाैधरी माओवादीमै फर्किए

चेतना अनलाइन

घाेराही, ३० असाेज । केही दिन अघि एमालेमा प्रवेश गरेका दुई जना माओवादी कार्यकर्ताहरू पुनः माओवादीमै फर्किएका छन् ।

आफूहरूलाई भ्रममा पारि एमाले पार्टी प्रवेश गराएकाे भन्दै उनीहरू माओवादीमै रहेर जिम्मेवारीपूर्वक काम गरिरहेकाे स्पष्ट पारेकाे माओवादी ८ नं वडा इञ्चार्ज पिताम्वर ओलीले जानकारी दिए ।

घोराही उपमहानगरपालिका वडा नं ८ का प्रकाश अलि र घोराही उपमहानगरपालिका वडा नं १२ का किशाेर चौधरीले माओबादी नै मुलुककाे परिवर्तनकारी पार्टी भएकाले आफूहरू पार्टीमा कटिबद्ध भएकाे बताएका छन् ।

उनीहरूलाई माओवादी केन्द्रका पाेलिटब्युराे सदस्यद्वय हेमराज शर्मा डायमण्ड र नारायणी शर्मा प्रतिक्षाले पुनः पार्टीमा फर्किएकालाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *