घोराही–तुलसीपुर सडकखण्डका तीन ठाउँमा गठबन्धनका सम्पर्क कार्यालय स्थापना

चेतना अनलाइन

दाङ । लोकतान्त्रिक गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नम्बर २ (ख) को सम्पर्क कार्यालय दुधरासमा स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १७ बघौसी चोकमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन दाङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उमेदवार रेखा शर्मा र २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ ले संयुक्तरूपमा उद्घाटन गर्नु भएको हो । तुलसीपुर १८ को हेमन्तापुर र वडा नं १७ को दुधरासमा कार्यालय स्थापना गरिएको हो । त्यसअघि आजै नारायणपुरमा पनि सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।

सचिवालयको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्माले बिकास बिरोधीलाई शक्तिलाई परास्त गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।

दाङमा प्रदेश राजधानी ल्याउन माओवादी र काङ्ग्रेसको हात सबैभन्दा महत्त्वपूर्ण भएको भन्दै त्यसको कार्यान्वय गर्न पनि गठबन्धनका उम्मेदवार बिजयी गराउनु पर्ने उल्लेख गर्नुभयो । त्यस अबसरमा दाङ २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ ले घोराही तुलसीपुर सडक खण्ड शंकर पोखरेलकै अलपत्र परेको बताउनुभयो ।

जनकजी बाम गठबन्धन भन्ने भएको छ, यसमा केही नभएर गठबन्धन भनौं । भन्न परे प्रगतिशील लोकतान्त्रिक गठबन्धन भनम है ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *