दाङ, असाेज २३ । दाङ क्षेत्र नं.२ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर विशाल अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकाे छ।
घोराही स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इञ्जिनियर अधिकारीले उम्मेदावारी मनोनयन दर्ता गराउनुभएकाे हाे। स्वतन्त्र लड्ने तयारी गरेका अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएकाे छ ।
उहाँले बैकल्पिक राजनीतिमा बिश्वास राख्ने युवाहरुसँगको छलफल, सल्लाह तथा सुझाव अनुसार दलमा आवद्ध नहुने गरि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर निर्वाचनमा होमिएको बताउनुभयो ।
