दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज आइतबार घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका पोखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यस्तै प्रदेश सभा तर्फ (१) मा बलिभद्र राना र (२) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
