दाङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्माले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले क्षेत्र २ को उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै सत्ता गठबन्धनबाट क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका राजु खनाल र २ (ख) मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।