महराले आफ्नाे नाम हटाए समानुपातिककाे सुचिबाट

चेतना अनलाइन

घाेराही, १७ असाेज । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाकाे समानुपातिक सुचिबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएकाे छ ।

नेता महराकै आग्रहमा माओवादीले समानुपातिक सुचिबाट नाम हटाएकाे हाे । माओवादीले निर्वाचन आयाेगमा समानुपातिककाे सुचिमा महराकाे नाम १ नं मा राखेर सिफारिस गरेकाे थियाे ।

राेल्पा, दाङ क्षेत्र नं १ र क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि महराकाे नाम पहिलाे नम्बरमै सिफारिस भएकाे थियाे । “मैले संसदीय निर्वाचनमा धेरै पटक जितिसकेकाे छु, अब नयाँलाई अवसर दिनुपर्छ भनेर त्याग गरे,” महराले चेतना अनलाइनसँग टेलिफाेनमा भन्नुभयाे, “अब नयाँलाई अवसर दिनुपर्छ भनेर मैले त्याग गरेकाे हुँ, हामीले अहिले त्याग नगर्ने हाे भने नयाँले कहिले अवसर पाउने ?”

उहाँ २०७४ सालमा दाङबाट निर्वाचित हुनुभएको थियाे । माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उहाँले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसक्नुभएकाे छ ।

उहाँ २०६३/०६४ सालको अन्तरिम संसदमा समेत हुनुहुन्थ्यो । उहाँ २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित हुनुभएको थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *