बुद्धिजीवी संगठन घाेराहीकाे अध्यक्षमा गाैतम

घाेराही, १२ असाेज । नेपाल बुद्धिजीवी संगठन घाेराही उपमहानगरपालिकाकाे अध्यक्षमा माधव गाैतम चयन हुनुभएको छ ।

संगठनकाे आज घाेराहीमा भएकाे भेलाले गाैतमकाे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा रामचन्द्र अधिकारी, सचिव सेमलाल मल्ल, सह-सचिव भरत पाेख्रेल र काेषाध्यक्षमा शशिराम वली चयन हुनुभएको छ ।

सदस्यहरूमा कमल आचार्य, बुद्धि धिताल, विनोद घिमिरे, राेमहर्ष आचार्य, धुव्र अधिकारी, भूपबहादुर शाह, सरिता न्याैपाने, नुमप्रसाद आचार्य, माेतिलाल रायमाझी, सुरज पुन, केशव पाेख्रेल र अशाेक गिरी चयन हुनुभएको छ ।

संगठनका जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, बिशिष्ठ अतिथि पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, अर्का बिशिष्ठ अतिथि नेपाल राष्ट्रिय प्राध्यापक संगठन पोखरा विश्वविद्यालयका निवर्तमान केन्द्रीय अध्यक्ष एवं पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, अतिथिहरु एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव गणेश रिजाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका निर्मल गौतम, पद्योदय माविका प्राचार्य रामप्रसाद जैसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले बोल्नुभएको थियो ।
कार्यक्रमकाे सञ्चालन जिल्ला सचिव डा. भीमसेन गिरीले गर्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *