नेपाल पत्रकार महासंघ दाङ शाखाको दशै मिलन समारोह सल्लाहकार प्रियासनले गर्ने

चेतना अनलाइन

दाङ, ११ असोज । नेपाल पत्रकार महासंघ दाङ शाखाले हरेक वर्ष आयोजना गर्ने दशैमिलन कार्यक्रम यस वर्ष शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार सविन प्रियासनले गर्नु हुने भएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले हरेक वर्ष यसरी नै दशैको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । पत्रकार महासंघ दाङ शाखाको मंगलबार घोराहीमा बसेको नियमित वैठकले घोराहीमा असोज २२ गते शनिबार दशै मिलन कार्यक्रम निवर्तमान अध्यक्ष तथा सल्लाहकार सविन प्रियासनको आयोजनामा गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षत्तामा बसेको वैठकले शाखाको साधारण सभा आउँदो कार्तिक १९ गते आयोजना गर्ने निर्णय गरेको वैठक पश्चात शाखा सचिव आरके शितलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । वैठकले डेंगुरोगको संक्रमण बढि रहेकाले सबैलाई सचेत रहन, सरकारलाई उपचारको उचित व्यवस्था मिलाउन र डेंगुबाट प्रभावित सञ्चारकर्मीहरुको उपचारमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

वैठकले नेपाल संस्कृति विश्व विद्यालयका पूर्व उपकुलपति शिबहरी मरहठ्ठाले स्थापता गर्नु भएको पण्डित लिलाकान्त मरहठ्ठा पुरस्कारको कोष यस अगाडी ५१ हजार भएकोमा त्यसमा एकलाख बढाएर एक लाख एकाउन्न हजार बनाउनु भएकोमा उहाँलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *