चेतना अनलाइन
अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्षमा दिलकुमारी बुढा चयन हुनुभएको छ । संगठनको प्रथम जिल्ला भेलाले बुढाको नेतृत्वमा ८५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।
उपाध्यक्षहरु दीपा पुन, पदमा कँडेल र नरमाया रोका, सचिव प्रेमा गैरे, सहसचिवहरु हिमा पुरी, पवित्रा घर्ती, सरस्वती भुसाल, बिलमति ओली, सरस्वती न्यौपाने र ममत परियार तथा कोषाध्यक्षमा रेवन्ता पुन रहनुभएको छ ।
जिल्ला अध्यक्ष बालिका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष दामा शर्मा, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नारायणी शर्मा, केन्द्रीय सदस्य भीमकुमारी बाँठा, महिला संगठन केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज पुनम शेर्पाइली, सहइञ्चार्ज प्रमिता चौधरी, माओवादी केन्द्रका प्रदेश सदस्य प्रतिभा बोगटी, जिल्ला सचिव विश्वराज आचार्यलगायतले बोल्नुभएको थियो ।
मीना बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन दिलकुमारी बुढाले गर्नुभएको थियो ।