दाङ २ मा माओवादीबाट रेखा शर्माको बलियाे सम्भावना

चेतना अनलाइन

२०४८ देखि लगातार चारपटक चुनाव जितेर अपराजित नेताको पहिचान बनाउनुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले यसपटक समानुपातिक रोजेपछि उहाँले जितेको दाङ निर्वाचन क्षेत्र नम्बर २ मा को उम्मेदवार बन्ने भन्ने चर्चा चुलिएको छ ।

माओवादी केन्द्र दाङ २ ले महरा, स्थायी समिति सदस्य रेखा शर्मा र केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरेको थियो । महरा।समानुपातिकमा गए पछि प्राथमिकताका आधारमा रेखा शर्माको नाम स्वतः बलियो दाबेदारका रुपमा अगाडि आएको छ ।

नेता शर्माले पार्टीले निर्णय गरेमा आफ्नो निर्वाचन लड्ने आकांक्षा रहेको बताउनुभएको छ भने सिफारिसमा पर्नुभएका केन्द्रीय सदस्य आचार्यले अबको उम्मेदवार रेखा शर्मा नै भएको बताउनुभएको छ ।

इञ्चार्ज आचार्यले ‘पार्टीले मेरो पनि नाम राखेर सिफारिस गरे पनि उम्मेदवार बन्ने रेखा नै भएको यो र यो सिंगो पार्टीको निर्णय भएको बताउनुभयो । त्यसो त शर्माले पनि टिकट पाए चुनाव लड्न तयार भएको बताउनुभयो ।

‘अहिलेसम्म सत्ता गठबन्धनमा भागबण्डा मिलिसकेको औपचारिक जानकारी छैन । यदि माओवादीको भागमा पर्यो भने र पार्टीले मेरो पक्षमा निर्णय गर्यो भने म त्यसको लागि तयार छु’– शर्माले भन्नुभयो । संघीय मन्त्री र संसदीय समिति सभापति बनिसक्नुभएका शर्मा नेपालकै स्थापित महिला नेतामा पर्नुहुन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *