चेतना अनलाइन
घाेराही, ३ असाेज । संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) ले घाेराहीकाे ट्राफिक चाेकमा दीप प्रज्ज्वलन गरेकाे छ ।
अखिल क्रान्तिकारी घाेराही नगर समितिले आयाेजना गरेकाे दीप प्रज्ज्वलन कार्यक्रमम बाेल्दै माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले संविधानमा लेखिएका उपलब्धिहरूलाई रक्षा गर्नु अहिलेकाे प्रमुख कार्यभार भएकाे बताउनुभयाे । उहाँले हजाराैं शहीदहरूकाे बलिदानबाट प्राप्त भएकाे गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, समावेशी, समानुपातिक लगायतका उपलब्धिहरू माओवादीका कारण आएकाे स्पष्ट पार्नुभयाे ।
अखिल क्रान्तिकारीक केन्द्रीय सदस्य जंग राेकाले उत्पीडित वर्गकाे अधिकारका लागि संविधानलाई अझ परिस्कृत गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।
यसैबीच अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महराले अहिलेकाे संविधानकाे रक्षा र कार्यान्वयनका लागि युवा विद्यार्थीहरू सशक्त भएर लाग्नुपर्ने बताउनुभएकाे छ ।
कार्यक्रमकाे सहजिकरण अखिल (क्रान्तिकारी) का नगर अध्यक्ष हिमाल महराले गर्नुभएकाे छ ।