संविधान दिवसको अवसरमा अनेरास्ववियुद्वारा घाेराहीमा दीप प्रज्ज्वलन

चेतना अनलाइन

घाेराही, ३ असाेज । साताैं संविधान दिवसको अवसरमा नेकपा एमाले निकट अनेरास्ववियु घाेराही नगर समितिले शहीदगेटमा दीप प्रज्ज्वलन गरेकाे छ ।

दीप प्रज्ज्वलनमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य साजिदा सिद्घिकीले संविधानले संस्थागत गरेका उपलब्धिहरूकाे रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । एमाले जिल्ला सचिव मनाेहर बुढाथोकीले पाँच दलीय गठबन्धनबाट लाेकतन्त्र खतरामा परेकाे बताउनुभयमे ।

एमाले घाेराही नगर इञ्चार्ज गेहेन्द्र बस्नेतले युवा विद्यार्थीहरूकाे संघर्ष स्वरूप नै मुलुकमा गणतन्त्र स्थापना भएकाे धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा संगठनका कार्यालय सदस्य लक्ष्मण गिरी लगायतले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *