मलाई धेरै ठाउँबाट तानातान भयो, देशकै नेता हुन समानुपातिक रोजेँ : महरा

चेतना अनलाइन

काठमाडौं, ३ असाेज । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोज्नुभएकाे छ । आफ्नै  र समग्र पार्टीकै  चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ-१, दाङ- २ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’

आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’
महरा समानुपातिककाे १ नं मा हुनुहुन्छ ।

महरा २०४८ मा रोल्पा- २, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गर्नुभएकाे थियाे । सबै निर्वाचनमा उहाँ विजयी हुनुभएकाे थियाे ।

उहाँ २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिकाको पनि सदस्य हुनुहुन्थ्यो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *