चेतना अनलाइन
घोराही, ३ असोज २ । संविधान दिवस र पार्टी प्रवेशको अबसरमा नेकपा एमाले दाङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरि ५० जना एमाले प्रवेश गरेका छन् ।
उनीहरूहरुलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, एमाले लुम्बिनी प्रदेश कमिटीका सहइञ्चार्ज जीवन गौतम, नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नम्वर २ प्रदेश क का सर्वसम्मत उमेदवार बलिभद्र राना, नेता भेषराज खत्री, यमुना घर्तीले पार्टीमा प्रवेश गर्नु भएकालाई टिका, खादा लगाएर स्वागत गर्नु भएको हो ।
नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी धनेश्वर भण्डारीको नेतृत्वमा डिलबहादुर केसी, रुपेश केसी, युवराज जिसी, डेमलाल भण्डारी, बसन्तराज वली, बसन्ता वली, मदन डाँगी, सञ्जीव भण्डारी, गौरब भण्डारी, सिता केसी, सुवास भण्डारी, सरस्वता भण्डारी, डिलबहादुर महरा, सुवास महरा, शिवराज केसी, यमबहादुर जिसी, टोपाराम भण्डारी, कमला भण्डारी, लिला देबी भण्डारी, चुमान बस्नेत, कमला देबी भण्डारी, सूर्य वली, गौरब भण्डारी, बुद्धिजीवी पोख्रेल एमाले प्रवेश गर्नु भएको हो ।
यसैगरी नेकपा माओवादी बंगलाचुली वडा नम्वर ४ का सचिव सागर घर्ती, सहसचिव प्रेम खड्का, वडाका वाइसियल इञ्चार्ज नारायण रोका, नेताहरु दिपा परियार, अञ्जना बिक, राधा बिक, सन्तोष बिक, बिजय बिक, गंगा परियार, हुनाराम जिसी, तिलक पौडेल, प्रेमसिंग पुन, कमल पोख्रेल एमाले प्रवेश गर्नु भएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्ने एमाले नवप्रवेशीहरुले कांग्रेस माओवादीबाट अब मुलुकले पार नपाउने भएकाले आफूहरुले एमाले राजेको बताएका छन् । कार्यक्रममा बोल्दै एमाले नवप्रवेशी धनेश्वर भण्डारीले कांग्रेसले नीति, विचार तथा सबै कुरा हराएकाले आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।
एमालेलाई अबको निर्वाचनमा जिताउन पहिले भन्दा पनि क्रियाशिल भएर पार्टीमा लाग्ने उहाँले प्रतिबद्धता जाहेर गर्नु भएको थियो । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, एमाले नेताहरु जीवन गौतम, बलिभद्र रानालगायतकाले पार्टीमा नयाँ प्रवेश गर्नेहरुलाई उचित स्थान दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । संविधान दिवसको अबसरमा ज्ञातअज्ञात सहिदहरुप्रति मौनधारण गरेर सुरु गरिएको कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो ।