दाङ निर्वाचन क्षेत्र नं २ (ख) मा माओवादीबाट प्रदेशसभामा ६ जनाकाे नाम सिफारिस

चेतना अनलाइन

घाेराही, ३० भदाै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाकाे नाम सिफारिस गरेकाे छ ।
माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) काे बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पाैडेल, बुद्धि प्रकाश चाैधरी (सचिन), राजबहादुर परियार (राजु कान्छा) र पिताम्बर वलीकाे नाम सिफारिस गरेकाे माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले जानकारी दिनुभयाे ।

समन्व समितिका संयाेजक बुद्धिप्रकाश चाैधरी (सचिन) काे अध्यक्षता एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) काे प्रमुख आतिथ्यतामा बैठक बसेकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *