चेतना अनलाइन
घाेराही, २८ भदाै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा पाँच जनाकाे नाम सिफारिस गरेकाे छ ।
माओवादी केन्द्र निर्वाच क्षेत्र नं २ (क) समन्वय समितिकाे आज घाेराहीमा बसेकाे बैठकले पार्टी जिल्ला इञ्चार्ज निर्मल आचार्य सहित भक्तबहादुर वली, मने विक, ऋषि वेल्वासे र प्रेमा गैरेकाे नाम सिफारिस गरेकाे हाे ।
समन्वय समितिका संयाेजक फणीन्द्रराज केसीकाे अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा “डायमण्ड” काे प्रमुख आतिथ्यतामा बैठक बसेकाे थियाे ।