पूर्वी रूकुममा अनेरास्ववियुकाे अधिवेशन, सर्वसुलभ शिक्षा आजकाे आवश्यकता : बराल

चेतना अनलाइन
घाेराही, २८ भदाै । लुम्बिनी प्रदेशकाे हिमाली जिल्ला पूर्वी रूकुममा पहिलाे पटक एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे अधिवेशन भएकाे छ ।

प्रदेश स्थापना हुँदा रूकुम जिल्ला टुक्रिएर बनेकाे पूर्वी रूकुममा पहिलाे पटक भब्य कार्यक्रम गरेर अनेरास्ववियु गठन गरिएकाे संगठनकी केन्द्रीय सदस्य एवम् पूर्वी रूकुम इञ्चार्ज भिमा डिसीले जानकारी दिनुभयाे । यश अघि संगठनले रामचन्द्र केसीलाई संयाेजक ताेकेकाे थियाे ।

पहिलाे अधिवेशनले केसीकै संयाेजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ । “पूर्वी रूकुमका सबै कलेज तथा विद्यालयहरूमा अनेरास्ववियुमय बनाउने हाम्राे लक्ष्य रहेकाे छ,” जिल्ला इञ्चार्ज डिसीले भन्नुभयाे, “मुलुककै सबैभन्दा ठूलाे र जुझारू संगठन अनेरास्ववियुमा आवद्ध हुन विद्यार्थीहरूकाे आकर्षण धेरै छ ।”

अधिवेशनलाई संवाेधन गर्दै अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनित बरालले सर्वसुलभ र वैज्ञानिक शिक्षा आजकाे आवश्यकता भएकाे बताउनुभयाे । उहाँले आफूहरू शिक्षामा भइरहेकाे तीब्र व्यापारिकरण र निजीकरणको विपक्षमा रहेकाे स्पष्ट पार्नुभयाे ।

संविधानमै शिक्षा र स्वास्थ्य माैलिक हककाे रूपमा उल्लेख भएकाे बताउदै बरालले संविधानमा भएकाे व्यवस्था कार्यान्वयनका लागि आफूहरूले संघर्ष गरिरहेकाे उल्लेख गर्नुभयाे ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एलिशा गाैतमले नेपालमा व्यवहारिक, गुणस्तरीय र वैज्ञानिक शिक्षाकाे कुरा उठाउने संगठन अनेरास्ववियु मात्र भएकाे दावी गर्नुभयाे ।

कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयाेजक सराेज पाेख्रेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सचिव माेहित शाह, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लेखानाथ खनाल र केन्द्रीय सदस्य तथा पूर्वी रूकुम इञ्चार्ज भिमा डिसीले मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

त्यसेै गरि राेल्पामा पनि ८ वर्ष पछि अधिवेशन गरिएकाे छ । अनेरास्ववियुकाे केन्द्रीय टाेली लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, राेल्पा, पूर्वी रूकुमका विभिन्न शिक्षालय गएर त्यहाँको बस्तुगत अवस्था बुझ्दै छलफल र अन्तरक्रिया गरेकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *